This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset
Latest Tito SatyaLatest Meri BassaiLatest Jire KhursaniLatest Hijo Aaaj Ko KuraLatest Jay HosLatest JhaikutiTite KareliSisnu PaniHarkeBay Area NewsOpinionInterview

Nepali News

चिनियाँ वनमन्त्री र जापानी उप विदेशमन्त्री काठमाडौंमा

२२ फेब्रुअरी, २०१२ काठमाडौं– चिनियाँ वनमन्त्री जिया झिवाङ र जापानी उप विदेशमन्त्री कोरो वेसो बुधबार नेपाल आएका हुन् । बुधबार नेपाल आएका चिनिया मन्त्री झिवाङ नेपालमा चार दिन बस्नेछन् भने जापानी उपमन्त्री बेसो दुई दिन नेपालमा बस्ने कार्यक्रम रहेको छ... (Continue reading)

देउवा पक्षका नेताहरुको भेला बुढानीलकण्ठमा

२२ फेब्रुअरी, २०१२ काठमाडौं– नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । देउवा निवास, बुढानीलकण्ठमा भएको भेलामा भातृ संगठन गठन, पार्टीका विभाग, कार्यसम्पादन समिति र केन्द्रीय सदस्य मनोनयन लगायतका बिषयमा छलफल भएको देउवा निकट... (Continue reading)

माओवादी नसुध्रिएसम्म गतिरोध लम्बिरहने काँग्रेस नेताको दावी

२२ फेब्रुअरी, २०१२ काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले माओवादीले पूर्णरुपमा शान्ति आत्मसात नगरेसम्म राजनीति गत्यारोध लम्बिरहने दावी गर्नुभएको छ । माओवादी नसुध्रिएसम्म विद्यमान राजनीतिक गतिरोध नहट्ने उहाँको भनाई छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा सिंहले माओवादीले विभिन्न बखेडा... (Continue reading)

प्रचण्ड भन्छन्–सहमतिको सरकारका लागि गहन छलफल

२२ फेब्रुअरी, २०१२ काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकारका लागि प्रमुख दलहरुबीच गहन छलफलको तयारी भईरहेको बताउनुभएको छ । उहाँले केही सातामा सेना समायोजन निष्कर्षमा पुग्ने बताउनुभएको छ । प्रगतिशील लेखक संघका अध्यक्ष घनश्याम ढकालको श्रद्धाञ्जली सभामा बोल्दै... (Continue reading)

Tagged with:                                                                 

निर्धारित समयमै संविधान बन्ने मन्त्री रायमाझीको ठोकुवा

२२ फेब्रुअरी, २०१२ काठमाडौं– स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले तत्कालीन अवस्थामा सरकार परिवर्तनको कुरा गर्नु शान्ति र संविधानको बिषयलाई ओझेलमा पार्ने भएको बताउनुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री रायमाझीले बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बने मात्र शान्ति... (Continue reading)

Tagged with:                                                                         

भ्रष्टाचारीलाई ज्यानमारासरह कैदको सजायँ हुनुपर्छ : बारका पूर्व अध्यक्ष

२२ फेब्रुअरी, २०१२ काठमाडौं– नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले नेपालमा भ्रष्टाचारीलाई कम सजायँ भएको भन्दै भ्रष्टाचारीलाई ज्यानमारा सरह २० बर्ष कैदको सजायँ हुनुपर्ने बताउनुभएको छ । राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा मैनालीले भन्नुभयो– मान्छे मार्दा २० वर्ष कैद... (Continue reading)

Tagged with:                                                     

गुप्ता पार्टीबाट निलम्बित

२२ फेब्रुअरी, २०१२ काठमाडौं– मधेसी जनअधिकार फोरम गणतान्त्रिकले सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका पार्टी अध्यक्ष जयप्रकाश गुप्तालाई आज निलम्बन गरेको छ । आज बिहान पार्टीको केन्द्रीय कार्यालय शंखमुलमा सहअध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बसेको पार्टी पदाधिकारीहरुको बैठकले गुप्तालाई निलम्बन गर्ने निर्णय... (Continue reading)

भट्टराई र प्रचण्डको भलाकुसारी

२२ फेब्रुअरी, २०१२ काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता भएको छ । पार्टी उपाध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री भट्टराई अध्यक्ष प्रचण्डलाई भेट्नका लागि प्रचण्ड निवास लाजिम्पाट पुग्नु भएको थियो । भेटमा पार्टीको स्थायी समितिको... (Continue reading)

Tagged with:                                                                         

सवारी दुर्घटनामा माओवादी सभासद काफ्ले गम्भीर घाइते

२२ फेब्रुअरी, २०१२ काठमाडौं– एकीकृत माओवादीका सभासद सावित्रीकुमार काफ्ले धरानमा आज भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनुभएको छ । काफ्ले मोरङ क्षेत्र नं ३ बाट माओवादीका तर्फबाट प्रत्यक्ष निर्वाचित सभासद हुनुहुन्छ । मोटरसाइकलको पछाडि बसेर धरानको गणतन्त्र एफएम जाँदै गरेको... (Continue reading)

Tagged with:                                                                             

ग्याल्बो ल्होसारको अवसरमा शुभकामना

२२ फेब्रुअरी, २०१२ काठमाडौं– शेर्पा समुदायको पवित्र धार्मिक पर्व ग्याल्बो ल्होसारको अवसरमा राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिनुभएको छ । राष्ट्रपति डा. रामवरण यादवले नेपालका सबै चाडपर्व, संवत्,... (Continue reading)

Tagged with:                                                                     

शेर्पाहरुले आज ल्होसार मनाउँदै

२२ फेब्रुअरी, २०१२ काठमाडौं– शेर्पा समुदायले आज आफ्नो पवित्र धार्मिक पर्व नयाँ बर्ष ग्याल्बो ल्होसार विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाई रहेका छन् । शेर्पा ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यो पर्व फागुन शुक्ल... (Continue reading)

Tagged with:                                                                     

नेतृत्वविहीन बन्यो फोरम गणतान्त्रिक

२२ फेब्रुअरी, २०१२ काठमाडौं– अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गरि जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाशप्रसाद गुप्ता जेल चलान भएपछि उक्त पार्टी नेतृत्वविहीन बन्न पुगेको छ । पार्टी अध्यक्ष नै जेल परेपछि अब पार्टीको नेतृत्व कसले र... (Continue reading)

Tagged with:                                                                                 

समाप्त भो गुप्ताको राजनीति

२२ फेब्रुअरी, २०१२ काठमाडौं– सर्वोच्च अदालतले सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरेपछि गुप्ता मन्त्री सभासद पदबाट स्वतः पदमुक्त भएका छन् । गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै सर्वोच्चले उनलाई भ्रष्टाचारी ठहर गर्दै डेढ बर्ष कैदसहितको... (Continue reading)

Tagged with:                                                                                     

थारु संगठनहरुले दिए सरकारलाई आधा महिनाको अल्टिमेटम

२१ फेब्रुअरी, २०१२ काठमाडौं– थारु संघसंगठनहरुले आदिवासी जनजातिको आरक्षण कटौती गरेर मधेसीलाई दिने गरी तयार पारिएको समावेशी विधेयक फिर्ता लिन सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले उक्त अल्टिमेटम दिएका हुन् । थारु कल्याणकारी... (Continue reading)

फागुन २१ गते राजधानीमा मानवसागर उतार्ने एमाले दावी

२१ फेब्रुअरी, २०१२ काठमाडौं– एमालेले फागुण २१ देखि २३ गतेसम्म राजधानीमा आयोजना हुने पार्टीको पहिलो राष्ट्रिय प्रतिनिधि परिषदको बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एमाले उपत्यका विशेष समन्वय समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर बैठककोलागी राजेन्द्र श्रेष्ठको संयोजकत्वमा... (Continue reading)

Tagged with:                                                                                 

कमल थापाले भने–वर्तमान सरकार प्रजातन्त्रविरोधी

२१ फेब्रुअरी, २०१२ काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकार प्रजातन्त्रविरोधी भएको आरोप लगाउनुभएको छ । काठमाडौ महानगरपालिकामा तालाबन्दीपछि आज आयोजित कोणसभालाई सम्बोधन गर्दै थापाले एकीकृत माओवादी र मधेसी मोर्चाको गठबन्धन वर्तमान सरकार प्रजातन्त्रविरोधी भएको आरोप लगाउनुभयो । सरकारले... (Continue reading)

काठमाडौं महानगरपालिकामा तालाबन्दी

२१ फेब्रुअरी, २०१२ काठमाडौं– लामो समयदेखि पदाधिकारीविहीन रहेको स्थानीय निकायहरुमा निर्वाचनको माग गर्दै राप्रपा नेपालले आज काठमाडौं महानगरपालिकामा तालाबन्दी गरेको छ । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरुको एक जुलुसले महानगरपालिकाको मूलद्वारमा नै तालाबन्दी गरेको हो । तालाबन्दीपछि सडकमा नै बसेका... (Continue reading)

स्थगित भो माओवादी बैठक

२१ फेब्रुअरी, २०१२ काठमाडौं– एकीकृत माओवादीको आज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ । पार्टीका शीर्ष नेताहरुको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको हो । यद्यपि माओवादी निकट एक स्रोतले भने माओवादी नेताहरुबीचको विवाद मिल्न नसकेकाले बैठक बस्न... (Continue reading)

Tagged with:                                                                     

असनमा भीषण आगलागी

२१ फेब्रुअरी, २०१२ काठमाडौं– काठमाडौको असनमा आज भीषण आगलागी भएको छ । घना वस्ती र साँघुरो स्थानमा आगलागी विहान सवा ७ बजे लागेको आगो ६ घण्टा भन्दा बढी समयको प्रयास पछि नियन्त्रणमा आएको थियो । आगो फैलिन नदिनका लागि नेपाली... (Continue reading)

Tagged with:                                                                             

माओवादीलाई लोकतान्त्रिक मूल्य मान्यता अनुसार अगाडि बढ्न कोइरालाको आग्रह

२१ फेब्रुअरी, २०१२ काठमाडौं– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले माओवादीलाई लोकतान्त्रिक मूल्य मान्यताका साथ अगाडि बढन आग्रह गर्नुभएको छ । लोकतान्त्रिक मूल्य मान्यताका साथ अगाडि नबढ्ने हो भने फेरि हतियार बोकेर जंगल पस्न सभापति कोइरालाले चुनौंती दिनुभएको छ । नेपाल... (Continue reading)

Tagged with: