This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset
Latest Tito SatyaLatest Meri BassaiLatest Jire KhursaniLatest Hijo Aaaj Ko KuraLatest Jay HosLatest JhaikutiTite KareliSisnu PaniHarkeBay Area NewsOpinionInterview

Main News

जनकपुर विष्फोटको घटनाका मुख्य अभियुक्त मुकेश चौधरी

१८ मे, २०१२ काठमाडौं– जनकपुरको रामानन्द चोकमा भएको बम विष्फोटको घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान विवरण आज सार्वजनिक गरेको छ । घटना तराई बिद्यार्थी लिवरेशन प्रmन्टका अर्जुन सिंह भनिने मुकेश चौधरीले गराएको प्रहरीको दावी छ । चौधरी महोत्तरीका हुन् । गत... (Continue reading)

११ प्रदेशको सहमतिमा एमाले डेग नहल्लिने

१८ मे, २०१२ काठमाडौं– एमालेले ११ प्रदेशको सहमतिकै पक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको एमाले केन्द्रीय कमिटीको बैठकले दलहरुबीच ११ प्रदेशमा भएको सहमतिबाट पछाडि नहट्ने निर्णय गरेको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ प्रदेशमा असन्तुष्टि जनाउँदै... (Continue reading)

कन्सुलरको भनाईबारे स्पष्ट पार्न भारतीय राजदूतलाई प्रचण्डको आग्रह

१८ मे, २०१२ काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले बीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर एस डी मेहताले दिएको अभिव्यक्तिका बारेमा प्रष्ट पार्न नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलाई आग्रह गर्नुभएको छ । आज आफ्नै निवास लाजिम्पाटमा भारतीय राजदूत जयन्तप्रसादलाई बोलाएर अध्यक्ष प्रचण्डले... (Continue reading)

फोरम लोकतान्त्रिकका कार्यकर्ता र सभासदबीच तनाव

१८ मे, २०१२ काठमाडौं– तराईका माझीहरुलाई पनि आदिवासी घोषणा गर्नुपर्ने माग गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजयकुमार गच्छदारलाई ज्ञापनपत्र बुझाउन गएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ता र सभासदहरुबीच तनावको स्थिति सिर्जना भएको छ । फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरबारमा गच्छदारलाई... (Continue reading)

Tagged with:                                                                                         

महिला संघद्वारा सभामुखलाई ज्ञापनपत्र

१८ मे, २०१२ काठमाडौं– महिला हक, हित र अधिकारका बिषयमा विभिन्न माग समेटिएको ज्ञापनपत्र नेपाली काँग्रेस निकट नेपाल महिला संघका प्रतिनिधिमण्डलले आज सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाएको छ । सभामुखको कार्यालय सिंहदरबारमा नेपाल महिला संघकी अध्यक्ष डा. डिला संग्रौलाको नेतृत्वमा गएको... (Continue reading)

Tagged with:                                                                         

भारतीय कन्सुलरलाई फिर्ता पठाउन सरकारलाई तीन दलको निर्देशन

१८ मे, २०१२ काठमाडौं– बीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी मेहताले नेपालविरोधी तथा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुको आज बसेको बैठकले मेहतालाई फिर्ता पठाउने प्रक्रिया शुरु गर्न... (Continue reading)

Tagged with:                                                                                             

आदिवासी तोक्ने सहमति हास्यास्पद : लेखी

१८ मे, २०१२ काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले केही जाती समूहलाई आदिवासीका रुपमा तोक्ने भनी सरकारले गरेको सहमति हास्यास्पद रहेको जनाएको छ । सरकारले आन्दोलनकारीसँग खस–आर्य आदिवासी सूचीकृत गर्ने सहमतिलाई महासंघले बहुलठ्ठीपूर्ण सहमति भन्दै विरोध गरेको छ । महासंघका अध्यक्ष... (Continue reading)

Tagged with:                                                                                             

बन्दविरुद्ध प्रदर्शन

१८ मे, २०१२ काठमाडौं– निरन्तरको बन्दले जनजीवन प्रभावित बनेपछि बन्दको अवज्ञा गर्ने क्रम शुरु भएको छ । राप्रपा नेपालले आज आह्वान गरेको बन्दको अवज्ञा भएको छ । आज बिहान राजधानीको केशरमहलमा युवाहरुको एक समूहले बन्दविरुद्ध प्रदर्शन गरेका छन् । बन्द... (Continue reading)

संसद सुचारु हुने/नहुने अन्यौल कायमै

१८ मे, २०१२ काठमाडौं– जेठ १४ भित्र संविधान जारी गर्ने गरी अन्तरिम संविधान संशोधन प्रक्रिया अगाडि बढाउन व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । बृहत मधेसी मोर्चाको अवरोधका कारण हिजोको बैठक अवरुद्ध भएको थियो । आजको बैठकमा अन्तरिम संविधानको धारा... (Continue reading)

पार्टी नीतिविरुद्ध नजान सभासदहरुलाई प्रचण्डको चेतावनी

१८ मे, २०१२ काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पार्टी नीति अनुसार सदनमा प्रस्तुत हुन मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना दलका सभासदहरुलाई सचेत गराउनु भएको छ । उहाँले पार्टी नीतिविरुद्ध क्रियाकलाप नगर्न समेत सभासदहरुलाई निर्देशन दिनुभएको छ । आज बिहान आफ्नै निवास... (Continue reading)

Tagged with:                                                                                             

दुई सभासदसहित दर्जनौं पक्राउ

१८ मे, २०१२ काठमाडौं– राष्ट्रिय अखण्डता र हिन्दू राज्यको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको बन्द सफल पार्न उक्त पार्टीका नेता तथा कार्यकर्ताहरुले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । चक्रपथका विभिन्न स्थान तथा चक्रपथभित्रका मुख्य मुख्य चोकमा... (Continue reading)

Tagged with:                                                                                             

आज पनि बन्द, सर्वसाधारणलाई सास्ती

१८ मे, २०१२ काठमाडौं– राष्ट्रिय अखण्डता र हिन्दू राज्यको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको बन्दका कारण आज काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बन्न पुगेको छ । बन्द आह्वानका कारण काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र... (Continue reading)

Tagged with:                                                                                                                         

ब्राम्हण, क्षत्रीलाई आदिवासीमा सूचीकृत गरिने

१८ मे, २०१२ काठमाडौं– ब्राम्हण, क्षत्री लगायतलाई खस, आर्य आदिवासी समूहमा सूचीकृत गर्न सरकार सहमत भएको छ । ब्राम्हण, क्षत्री, दशनामी, ठकुरी लगायत अनिश्चितकालीन आमहड्तालमा उत्रिएको पहिलो दिन हिजो भएको वार्तामा सरकारले ब्राम्हण, क्षत्री, दशनामी लगायतका जातीय समूहलाई आगामी संविधानमा... (Continue reading)

Tagged with:                                                                                             

एमालेको भागमा कुन कुन मन्त्रालय ?

१७ मे, २०१२ काठमाडौं– मधेसी मोर्चासहित प्रमुख तीन दलको आज बसेको बैठकले एमालेलाई दिने मन्त्रालयहरुको टुङ्गो लगाएको छ । एमालेले एक उपप्रधानमन्त्रीसहित परराष्ट्र, उर्जा, युवा तथा खेलकूद र कृषि मन्त्रालय दिने सहमति दलहरुबीच भएको हो । एमालेले शान्ति मन्त्रालयमा दावी... (Continue reading)

जिम्मेवारी नपाएपछि मन्त्रीहरुको गुनासो यस्तो छ

१७ मे, २०१२ काठमाडौं- मन्त्री पदको सपथ लिएर पनि जिम्मेवारी नपाएका नवनियूक्त मन्त्रीहरुले जिम्मेवारी नतोकिएकोमा असन्तुष्टि ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा एमालेका तर्फबाट मन्त्री बनेकी राधा ज्ञावलीले पार्टीले शिक्षामन्त्रीको जिम्मेवारी तोकेर सरकारमा पठाए पनि आफूले... (Continue reading)

बृहत मधेसी मोर्चाद्वारा संसद अवरुद्ध

१७ मे, २०१२ काठमाडौं– व्यवस्थापिका संसदको आजबाट शुरु भएको ११ औं अधिवेशन बृहत मधेसी मोर्चाको अवरोधका कारण भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख तीन दलले ११ प्रदेशमा सहमति गरेको विरोधमा मोर्चाले त्यसलाई पुनर्विचार नगरेर आन्दोलन गर्ने... (Continue reading)

थारुले गठन गरे वार्ता टोली

१७ मे, २०१२ काठमाडौं– तराईमा पाँच दिने बन्द र अर्को साता तीन दिने नेपाल बन्द गर्ने घोषणा गरेको थारु संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता गर्न ११ सदस्यीय टोली गठन गरेको छ। वार्ता टोलीमा संयोजक चन्द्रकुमार चौधरी र सदस्यहरु रामचरण थारु,... (Continue reading)

भागवण्डा मिलाउन बसेको बैठक निष्कर्षहीन

१७ मे, २०१२ काठमाडौं– मन्त्रालयहरु बाँडफाँडका बिषयमा प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली काँग्रेस र एमालेबीच आज भएको छलफल निष्कर्षहीन बन्न पुगेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले हिजोदेखि राष्ट्रिय सहमतिको रुप लिएपछि मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँडका बारेमा सत्ता... (Continue reading)

बृहत मधेसी मोर्चाद्वारा आन्दोलन घोषणा

१७ मे, २०१२ काठमाडौं– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा रहेको बृहत मधेसी मोर्चाले ११ प्रदेशको ढाँचाको विरोध गर्दै आज आन्दोलनको घोषणा गरेको छ । केही दिन अगाडि एकीकृत माओवादी, नेपाली काँग्रेस र एमालेबीच भएको सहमति मधेस र... (Continue reading)

अमेरिकाले माओवादीलाई आतंककारी सूचीबाट हटाउने

१७ मे, २०१२ काठमाडौं– अमेरिकाले केही समयभित्रै माओवादीलाई आतंककारीको सूचीबाट हटाउने विश्वास दिलाएको छ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग आज भएको भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले उक्त विश्वास दिलाएका हुन् । उनले एकीकृत माओवादीकै प्रयासमा शान्ति प्रक्रिया... (Continue reading)