सूचना टाँसेर संसद बैठक स्थगित
०८ फेब्रुअरी, २०१२
काठमाडौं– सशस्त्र द्वन्द्वकालमा माओवादी जनसत्ताले गरेको घरजग्गा कारोवारलाई वैधानिकता दिने सरकारको निर्णयको बिषयमा दलहरुबीच सहमति नजुटेपछि व्यवस्थापिका संसदको आज बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठक भोलि अपरान्ह ३ बजेसम्मका लागि स्थगित भएको हो ।
प्रतिपक्षी दलहरु नेपाली काग्रेस र नेकपा एमाले लगायतका दलहरुले जनसत्तालाई बैद्यानिकता दिने निर्णय फिर्ता लिनु पर्ने र नेपाल भारत वा चीन मा मर्ज हुनु पर्ने अवस्था आउने भनि दिएको विषयमा संसदमा जवाफ दिनु पर्ने माग गर्दै संसद बैठक ८ पटक सम्म स्थगित गरिसकेका छन् ।


















