बिद्याले देखिन प्रतिगमनको खतरा
२८ जनवरी, २०१२
काठमाडौं– एमालेकी उपाध्यक्ष एवं पूर्व रक्षामन्त्री बिद्यादेवी भण्डारीले मुलुकमा प्रतिगमनको खतरा बढेको दावी गर्नुभएको छ ।
हेटौंडामा आज आयोजित एक कार्यक्रममा भण्डारीले मुलुकमा संक्रमणकालको फाइदा उठाएर प्रतिगमन हुने खतरा बढेको बताउनुभयो ।
मुलुकको संक्रमणकालको अन्त्य गरी छिटो शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउनुपर्ने र संविधान निर्माण गर्नुपर्नेमा भण्डारीले जोड दिनुभयो ।
सोही कार्यक्रममा एमाले नेता काशीनाथ अधिकारीले शान्ति र संविधानको माधक माओवादी भएको आरोप लगाउनुभयो ।



















