बे एरियामा तमु ल्होछारको अवसरमा विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न, राजु लामाले दर्शकहरु नचाए
सोनिया केसी, ०९ जनवरी, २०१२
अमेरिकाको नर्दन क्यालिर्फोनियाको तमु समाजले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु ल्होछार २५९६ एक विशेष कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ । सनफ्रान्स्सिकोको सेन्ट मेरिज क्याथेड्रा हलमा सम्पन्न भएको उक्त कार्यक्रम बे एरियाको सबैभन्दा उच्च, उत्कृष्ट र भव्य कार्यक्रमको रुपमा लिन सकिने सहभागी हरुको भनाई छ ।
बिर्ता तमु र हितमान तमुले उदघोषण गर्नुभएको ५ सय ५० भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि डा। इमिली मुराजले ल्होसारको अवसरमा शुभकामना दिंदै आफूले प्रमुख अतिथिका रुपमा आसन ग्रहण गर्ने अवसर पाएकोमा खुशी लागेको बताउनुभयो । उहाँले प्रमुख अतिथि बन्ने अवसर दिएकोमा आयोजक लाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभयो ।
तमु समाजका सभापति भुपेन्द्र गुरुङले संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सभापति गुरुङले ल्होसार कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुलाई ल्होसारको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले विश्वकै सर्वोच्च शिखर सगरमाथामा रहेको शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल र बीर गोर्खालीहरुको भूमि भनी चिनिएको देश नेपालले आज हामीलाई संसारको जुनसुकै ठाउँमा बसेता पनि हामी नेपाली हौं भनी गौरव गर्न सकिन्छ भन्नुभयो ।
उहाँले हाम्रो आफ्नै कला, संस्कृति र संस्कारहरु हाम्रा सम्पदा हुन् भन्दै यसलाई हामी सबै मिलेर संरक्षण गर्न सके भविष्यमा नयाँ पिँढीहरुले बुझ्ने स्पष्ट पार्नुभयो । यस्तै ल्होसार कार्यक्रम सफल पार्न लसएञ्जलसबाट आउनु भएका लसएञ्जलस तमु समाजका सभापति श्रीमति तारा गुरुङ लगायत उहाँसँग आएका अतिथिहरु र पोल्टल्याण्ड ओरीगनबाट आउनुभएका खेलकूद जगतका तारा नारायण गुरुङलाई बे एरियाको तर्फबाट धन्यवाद दिनुभएको थियो । यस्तै व्यस्त समयमा पनि समय निकाली दिनरात कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने जनपुकार डटकम र क्षेत्री प्रोडक्सनका रोहित क्षेत्री र सम्पूर्ण स्वयंसेवक र कलाकारहरु लगायत कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई र मल्टी मिडिया डिजाइनर अञ्जनी शिवाकोटी तथा साउण्ड सिस्टमका मित्रहरुलाई समेत आयोजकका तर्फबाट सभापति गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
साथै संस्थाको सल्लाहकार र कार्यसमिति लगायत सम्पूर्ण तमु परिवार लगायत उक्त कार्यक्रम सफल पार्न आएका सहभागीहरुलाई सभापति गुरुङले धन्यवाद दिनुभयो सभापति गुरुङले आगामी कार्यक्रममा आफ्नो कम्युनिटी सेन्टरमा कार्यक्रम गर्न पाउँ भनी भगवान बुद्धसँग प्रार्थना समेत गर्नुभएको थियो । उहाँले कार्यक्रम को प्रमुख अतिथि बन्न डा। मुराजले स्वीकार गर्नुभएकोमा हार्दिक धन्यवाद समेत दिनुभयो।
उक्त कार्यक्रमका अर्का वक्ता बे एरियाको सबैभन्दा ठूलो संस्था न्यान्सीका सभापति घनप्रसाद दवाडीले ल्होसारको उपलक्ष्यमा शुभकामना दिंदै कम्युनिटी सेन्टरका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा तमु समाजका सल्लाहकार तथा संस्थापक सभापति श्रीमति बिष्णु गुरुङले कवि शिरोमणि लेखनाथ पौडेलले लेख्नुभएको एक कविता वाचन गर्दै सम्पूर्ण प्राणी जतिलाई माया, प्रेम र सदभाव गर्नुपर्छ भन्ने कुरा अवगत गराउनुभयो । कार्यक्रममा श्रीमति गुरुङलाई सम्मान समेत गरिएको थियो । साथै श्रीमति गुरुङका छोरा युधिर गुरुङले डाटावेश टेक्नोलोजीमा कोलाराडोबाट मास्टर्स गरेकोमा उहाँलाई समेत कार्यक्रममा प्रमुख अथिति डा। मुराजले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा कलाकारहरु चर्चित गायक राजु लामा, नृत्यांगना तारा गुरुङ लगायत सम्पूर्ण कलाकारहरुलाई तमु समाजका सभापति भुपेन्द्र गुरुङ र सल्लाहकार तथा संस्थापक सभापति बिष्णु गुरुङले संयुक्त रुपमा ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा हिमालय कम्युनिटी सेन्टरका संयोजक रोजर अधिकारी, न्यान्सीका सल्लाहकार तथा समाजसेवी गोविन्द शाही, न्यान्सीका सभापति घनप्रसाद दवाडी, न्यान्सीका पूर्व सभापति तथा एभरेष्ट क्लब सान्टारोजाका सभापति डिकेन्द्र मास्के, एनएजिसीका सभापति मणि नेपाली पनेरु, जनपुकार डटकमका सञ्चालक धनञ्जयनरसिंह केसी, मदरल्याण्ड नेपालका सभापति अनिल पाण्डे, सन्नी समाजका सभापति ईश्वर सापकोटा, लायन्स क्लब अफ वर्कलीका सभापति चिनीकाजी श्रेष्ठ लगायतका व्यक्तिहरुलाई अतिथिका रुपमा आसन ग्रहण गराइएको थियो । यस्तै तमु समाजका धरोहर, संस्थाका कर्तव्यनिष्ठ व्यक्तित्व र तमु समाजका लागि योगदान गर्नुभई अहिलेको उच्च अवस्थामा पुर्याउन सफल व्यक्तित्व, समाजका संस्थापक तथा निष्ठावान र मिलनसार व्यक्तित्व राजकुमार तमुलाइ अतिथिका रुपमा मन्चमा बोलाइयको थियो ।
यस्तै द ह्वाइट जोनका सभापति राजेश थापा, क्रियटिभ युथ क्लबका सभापति नुरीन बराल, द ह्वाइट जोन क्यालिर्फोनिया च्याप्टरका नमिता नेपाल, नेवाः खल सान्टारोजाका बुद्ध महर्जन, मेची महाकालीका तर्फबाट उत्तम कार्की, नाफकाका सभापति प्रज्वल ब्रजाचार्य, क्षेत्री प्रोडक्सनका सञ्चालक रोहित क्षेत्री, हाम्रो समाज डटकमका धु्रव थापा, तामाङ् को(अपरेटिभका लतुल लामा, नेपाल जनजति महासघका सभापति रोसन सुब्बा, किराँत राईका सभापति देव राई, हिमालयन शेर्पा क्लबका सभापति निमा शेर्पा, नेपाली जनसम्पर्क समितीको सभापति ग्यानदीप लामा र नेपाल शेर्पा समाजका सभापति फुर्वा शेर्पा मञ्चमा आसन गर्नुभएको थियो ।
त्यस्तै समाजका वरिष्ठ व्यक्तित्वहरु एनएएनसीका पूर्व सभापति यान राई, क्रियटिभ युथ क्लबका सल्लाहकार ईश्वर सिटौला, तामाङ को अपरेटिभका कुमार दोङ, एनएएनसीका उपसभापतिद्वय दिनेश पोखरेल, चन्द्र शेरचन, महासचिव सुरेन्द्र मल्ल, समाजसेवी रेसम तमाङ, समाजसेवी अशोक गौतम, पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा विभिन्न विधाका कलाकारहरुले आफ्ना कलाहरु प्रस्तुत गरि दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा ‘पत्थर पनि पगाली यहाँ पिरती लाइन्छ’ भन्ने राष्ट्रिय गीतलाई हितमान तमु, संगीता तमु, बिर्ता तमु लगायत सम्पूर्ण कलाकारहरुले संयुक्त रुपमा गाएर सांस्कृतिक कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा विभिन्न नृत्य तथा गीतहरु गाएर कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा प्रस्तुत गरिएको सोरठी नृत्य ‘जय सिङ्ग राजाले सबै बेची खाए’ भन्ने बोलमा ओसनी बुढाथोकी, अनुस्मा महर्जन, ज्योति दोङ, सिर्जना राईले नृत्य गरेका थिए भने राजाको भूमिका भने राजकुमार तमुले गरेका थिए भने मादलको ताल अमन तमु र माइली दोङ निभाएका थिए ।
त्यस्तै ‘पालुवा पालुवा’ भन्ने गीतमा सन्नी सगरमाथा समाजका तर्फबाट विन्दु सापकोटाले आफ्नो कला दर्शकहरुका सामू देखाएकी थिइन । तमु चलचित्रको ‘सेकेसेको मैलेमा’ भन्ने बोलको गीतमा इन्द्र तमु, आकाश तमु र कविता धितालले नाचेका थिए । त्यस्तै कलाकारहरु आकाश तमु, इन्द्र तमु, अमन तमु, संगीता तमु, बिर्ता तमु र बिष्णु तमुले ‘क्रम लोरले’ भन्ने तमु नृत्यमा आफ्नो कला देखाएका थिए ।
त्यस्तै ‘बुट्टे चोलीमा’ भन्ने गीतमा नेपालका राष्ट्रिय कलाकार तारा गुरुङ र राजकुमार गुरुङले आफ्नो कला प्रदर्शन गुर्नभएको थियो भने ‘डोलीमा चढाई कस्ले लाने हो’ भन्ने गीतमा तारा गुरुङले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा नेपालका चर्चित गायक तथा युवाहरुको ढुकढुकी तथा मंगोलियन हर्टका राजु लामाले ‘तिमीलाई देखेर’, ‘हल्ला चलेछ’ ‘नतानु त तानु तानु लाग्ने’ र ‘ऋतुहरुमा तिमी’ लगायत दर्जनौं गीत गाएर दर्शकहरुलाई नचाउन सफल हुनु भएको थियो । गायक लामाले गीत गाउँदा दर्शकहरुलाई थाम्नका लागि समाजका स्वयम्सेवक तथा सुरक्षागार्डलाई समेत हम्मे हम्मे परेको थियो ।
कार्यक्रमको मध्यान्तरतिर राफल चिठ्ठा पनि सञ्चालन गरिएको थियो । उक्त खेल संगीता तमु, बिर्ता तमु र हितमान तमुले सञ्चालन गर्नुभएको थियो भने स–साना नानीहरु सम्बृद्धि केसी, एना ग्याग्नम्युउ र इमली नोरम्यानले चिठ्ठा तानेर पहिला, दोस्रो र तेस्रो छुट्टयाइएको थियो । चिठ्ठामा पहिलो हुने रुपा तमुले मास्के डेन्टल क्लिनिकबाट ३ सय डलर बराबरको गिफ्ट पाएकी थिइन भने दोस्रो हुने डोल्मा शेर्पाले आइपड र तेस्रो हुने चन्द शेरचनले डिजिटल क्यामरा प्राप्त गरेका थिए ।
अन्तमा टिकटिङमा जसबहादुर गुरुङ, पेमा यल्मो, तेञ्जिङ पुन थिए भने खानाहरु व्यवस्था गर्न सक्रिय भएर मानकुमार गुरुङ, बिष्णु तमु, नारायणी तमु लागेका थिए । यस्तै ड्रिङ्क्समा कमल तमु, दिनेश तमु, बेवस तमुले व्यवस्थापन गरेका थिए भने खानाको कुपनमा दिल तमु, संगीता शर्मा तमु थिए । यस्तै साउण्ड सिस्टममा बुद्ध लो, गेलु शेर्पा थिए भने समाजका उपसभापतिद्वय बिष्णु कुमारी घले र गम गुरुङ सक्रिय रुपमा खटिएका देखिन्थे । यस्तै गेटमा बसेर पाहुनाहरुलाई स्वागत गर्न खटिएका बनिता तमु, रामदेवी तमु र अनु तमु खटिएका थिए । कार्यक्रमको व्यवस्थापन उत्कृष्ट रहेकोमा दर्शकहरुले खुबै तारिफ गरेका थिए । आजसम्म बे एरियामा यस्तो भव्य र उत्कृष्ट तथा उच्च व्यवस्थापनमा कमै कार्यक्रम भएको दर्शकहरुले स्मरण गरेका थिए ।































Really best Programme in bay Area !!!!
Congratulation Bhupendra dai and Team !!!!!
लोसारको कार्यकर्म सारै राम्रो थियो र राजु लामाको प्रस्तुति पनि !!1
Grand Sucess tamu Lhosar !!!
Congrats Bhupendra Gurung & Team .Keep up the spirit.
Great program. Excellent work tamu samaj and team. I feel like watch movie in the video but I loved it great detail cover in the video. Raju lama rocks.
raju lama has nice voice