Interview with NANC President Ghan Prasad Dabadi by Rohit Chhetri
02 December, 2011
घनप्रसाद दवाडी यस्तो व्यक्तित्व हुनुहुन्छ, जसले अमेरिकामा रहेर पनि त्यहाँ रहेका नेपाली समुदायको सेवाका साथै नेपालको समाजसेवामा आफूलाई समर्पित गर्नुभएको छ । हाल उहाँ अमेरिकाको नर्दन क्यालिर्फोनियामा रहेका नेपाली समुदायको छाता संगठनको रुपमा रहेको सामाजिक संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिर्फोनिया (नान्स) का अध्यक्ष हुनुहुन्छ ।
सन् २०११ जनवरीदेखि हालसम्म उहाँ नान्सको अध्यक्षका रुपमा रहनु भएको छ । त्यसो त उहाँ विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध भईसक्नु भएको छ । उहाँ सन् २००२ देखि ०३ सम्म लायन्स क्लब अफ मेरिगोल्ड काठमाडौं (डिस्ट्रिक ३२५ ए) का अध्यक्ष, सन् २००३ देखि ०४ सम्म लायन्स क्लब इन्टरनेशनलका जोन चेयरम्यान, सन् २००२ देखि ०३ सम्म राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालको अनुशासन समितिका अध्यक्ष, सामाजिक विकासका लागि सहयोगी हातहरुका आजीवन सदस्यका रुपमा अनुभव बटुलिसक्नु भएको छ । गोरखा जिल्लाको जौबारीमा सन् १९६६ मा जन्मनु भएका दवाडी त्रिचन्द्र क्याम्पसबाट स्नातक हुनुहुन्छ ।
शिक्षकदेखि कार्गो सेवाको मेनेजिङ डाइरेक्टरसम्मको व्यवसायिक अनुभव संगालिसक्नु भएका दवाडीले जापान, जर्मनी, बेलायत, थाइल्याण्ड, फिलिपिन्स, चीन, भारत, सिंगापुर र अमेरिकाको भ्रमण गरिसक्नु भएको छ । प्रस्तुत छ : समाजसेवामा आफूलाई समर्पित गर्नुभएका दवाडीसँग गरिएको कुराकानी ।















