चाल्र्स शोभराजलाई सर्वस्वसहित जन्मकैद सदर
३० जुलाई, २०१०
काठमाडौं– अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजलाई सर्वस्वसहित जन्मकैद गर्न पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ ।
शोभराजमाथि विदेशी नागरिकको हत्या तथा नक्कली पासपोर्ट बनाएको अभियोग थियो । शोभराजले २० बर्ष विभिन्न अपराधबापत जेल परिसकेका छन् । उनी सात देशको जेलमा परिसकेका छन् ।
शोभराजकी पत्नी निहिता विश्वासले अदालतको फैसलाप्रति आपत्ति जनाएकी छिन् । उनले सर्वोच्चको परिसरमा नै आज पत्रकारहरुसँग कुराकानी गर्दै आफूहरु अब अन्तर्राष्ट्रिय अदालत जाने बताइन ।
शोभराजको तर्फबाट रामबन्धु शर्मा, शकुन्तला थापा, राजाराम ढकाल, लक्ष्मीबहादुर निराला, लक्ष्मी शर्मा, लोकभक्त राणा, बद्रीबहादुर कार्की, बसन्तराम भण्डारी, इजावेल काउटेन्ट पेयरले बहस गरेका थिए भने सरकारको तर्फबाट डा. रन्जितभक्त प्रधानाङ्ग, विश्वलाल श्रेष्ठ र रमेशप्रसाद कोइरालाले बहस गरेका थिए ।
