क्षेत्र क्षेत्रमा काँग्रेसीहरुबीच प्रतिस्पर्धा

३१ जुलाई, २०१०

काठमाडौं– नेपाली काँग्रेसको बाह्रौं महाधिवेशन अन्तर्गत आज ६० भन्दा बढी जिल्लामा क्षेत्रीय अधिवेशन हुँदैछ । आज क्षेत्रीय तथा जिल्ला अधिवेशन हुन नसकेका जिल्लालाई २७ गतेभित्रै अधिवेशन सक्नेगरी उपर्युक्त दिनमा निर्वाचन गराउन सहमति प्रदान गरिएको छ ।

डोल्पा, सोलुखुम्बु, डडेलधुरा, बाजुरा जिल्लाका सभासदहरु श्निबार जिल्ला अधिवेशन सकेर साउन १७ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा सहभागी हुन नसक्ने भएकाले २७ गते गर्ने जनाइएको छ ।

यसैगरी डोटी र भोजपुरमा २५ गते क्षेत्रीय अधिवेशन र २७ गते जिल्ला अधिवेशन तय गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरको क्रियाशील सदस्यताको विवरण नै केन्द्रमा आईपुगेको छैन ।

भक्तपुरलाई आजसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउन समय दिइएको छ । सबै जिल्लाको अधिवेशन सकिएपछि भदौ १० देखि १४ गतेसम्म काँग्रेस महाधिवेशन हुने मिति तय गरिएको छ ।

Related posts:

Leave a Reply