धोका दियो एमालेले: काँग्रेस सभासद

३० जुलाई, २०१०

काठमाडौं– नेपाली काँग्रेसका सभासद नवीन्द्र राज जोशीले एमालेले प्रधानमन्त्रीमा तटस्थ बसेर काँग्रेसलाई धोका दिएको बताउनुभएको छ ।

राजधानीमा आज आयोजना गरिएको साछात्कार कार्यक्रममा सभासद जोशीले हिजोका दिनमा एमालेलाई काँग्रेसले सहयोग गरे पनि अहिले एमालेले मतदानमा भाग नलिएर काँग्रेसलाई धोका दिएको बताउनुभयो । एमालेको तटस्थ बस्ने निर्णय राजनीतिक नभई प्राविधिक भएको बताउँदै जोशीले यस्तो निर्णयले संसदलाई औचित्यहीन बनाएको बताउनुभयो ।

एमालेले यही साउन १७ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो निर्णय परिवर्तन गरेर मतदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । सोही कार्यक्रममा एमालेका युवा नेता योगेश भट्टराईले एमालेलाई माओवादीको समर्थन भएको अवस्थामा आफ्नो उम्मेदवार बनाएर काँग्रेसले धोका दिएको आरोप लगाउनुभयो ।

अहिलेको अवस्थामा एमालेले आगामी साउन १७ गतेको चुनावमा पनि मत नहाल्ने भट्टराईले बताउनुभयो । जनशक्ति पार्टीका नेता अर्जुन राईले तीन प्रमुख दलका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभयो ।

Related posts:

Leave a Reply