नेपालगञ्जमा झाडापखालाको संक्रमण

३० जुलाई, २०१०
काठमाडौं
–निरन्तरको बर्षाले डुबानमा परेको नेपालगञ्ज नगर क्षेत्रमा झाडापखालाको संक्रमण फैलिएको छ ।

प्राप्त समाचार अनुसार झाडापखालाबाट नगरका बासिन्दाहरु सबैभन्दा बढी प्रभावित भएका छन् । झाडापखालाका विरामीहरुको भेरी अञ्चल अस्पताल नेपालगञ्ज र कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

झाडापखालाबाट दाङ तुलसीपुरकी ६५ बर्षकी कलौटी बुढाथोकी र नेपालगञ्जका ५ वर्षका जसबीन हल्वाईको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले दाङले जनाएको छ ।

Related posts:

Leave a Reply