नेम्वाङ र प्रचण्डको भलाकुसारी

३१ जुलाई, २०१०

काठमाडौं– प्रधानमन्त्रीका प्रत्याशी एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र सभामुख सुभाषचन्द्र नेम्वाङबीच आज भेटवार्ता भएको छ ।

यही साउन १७ गते तेस्रो पटक प्रधानमन्त्रीको निर्वाचन हुने तिथि नजिकिरहेको बेलामा सभामुख नेम्वाङ र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा वर्तमान राजनीतिक गतिरोध, प्रधानमन्त्रीको निर्वाचन लगायतका बिषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीको चुनावमा बहुमतका लागि एकीकृत माओवादीले गरेको प्रयासबारे सभामुख नेम्वाङले जिज्ञासा राख्नु भएको थियो । दुई–दुई पटकको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याउँदा गलत सन्देश जाने भएकाले सभामुख नेम्वाङले राजनीतिक परामर्शलाई तीब्र पार्नु भएको हो ।

एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा दुई निर्वाचनमा तटस्थ बसेका कारण प्रधानमन्त्रीको चयन हुन सकेको छैन ।

Related posts:

Leave a Reply