मधेसवादी दललाई फकाउन माओवादी सक्रिय

३० जुलाई, २०१०
काठमाडौं
–सरकार निर्माणका लागि संयुक्त लोकतान्त्रिक मोर्चाको आधारपत्रको सम्बन्धमा एकीकृत माओवादीले आज आफ्नो लिखित प्रतिवद्धता बुझाउँदैछ ।

आज मोर्चासँग हुने छलफलका क्रममा पत्र दिइने माओवादीले जनाएको छ । माओवादीले आज मधेसवादी दल र साना दलहरुसँग छलफलको तयारी गरिरहेको छ । मधेसवादी दलसँगको छलफलसँगै आज अपरान्हसम्ममा लिखित धारणा सार्वजनिक गरिने माओवादीस्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको तेस्रो चरणको निर्वाचनमा समर्थनका लागि मोर्चाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका काँग्रेस र माओवादीसँग मधेसका मुद्दामा लिखित प्रतिवद्धता माग गरेको छ ।

प्रधानमन्त्रीको निर्वाचनमा मोर्चा निर्णायक भूमिकामा देखिएको छ । मोर्चामा चार मधेसवादी दल मधेसी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी रहेका छन् ।

Related posts:

Leave a Reply