जीप दुर्घटनामा आठको मृत्यु, सात घाइते
३१ जुलाई, २०१०
काठमाडौं–नवलपरासीको अर्खलाबाट दलदले जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात घाइते भएका छन् ।
प्राप्त समाचार अनुसार लु१ज १८३८ नम्बरको जीप सडकबाट खसेर दुर्घटना भएको थियो । अविरल बर्षाका कारण चिप्लो कच्ची सडकबाट एक सय फिट तल खसेर जीप दुर्घटना भएको हो ।
