नेपाल पत्रकार महासंघको दोश्रो महाधिवेशन सम्पन्न
३१ जुलाई ,२०१०
नेपाल पत्रकार महासंघ युएई शाखाको अध्यक्षमा शंकर ज्ञवाली
लालबहादुर ढेंगा, दुबई (युएई)
दुबई, ३० जुलाई _ दुबईस्थित काल्र्टन टावर होटलमा हिजो ३० जुलाई शुक्रबारका दिन नेपाल पत्रकार महासंघ युएई शाखाको दोश्रो महाधिवेशन अति अनुसाशन र विधिवत रुपमा सम्पन्न भएको छ ।
उक्त दोश्रो महाधिवेशनको प्रमुख अतिथिमा नेपाली राजदूतावासका महामहिम राजदूत अर्जुनबहादुर थापा रहनुभएको थियो भने विशिष्ट अतिथिमा काठमाण्डौंबाट आउनु भएको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति नेपालका उपाध्यक्ष गोविन्दप्रसाद आचार्य रहनुभएको थियो । त्यस्तै गरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, बुद्धिजिवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
आफ्नो रोजगारीको शिलशिलामा प्रवासमा अवस्थित प्रवासी नेपाली पत्रकारहरुले आफ्नो ड्युटीको बावजुद पत्रकारिता क्षेत्रलाई दिएको अमूल्य योगदानलाई कदर गर्दैं प्रोतशाहनका लागि विभिन्न संघ संस्थाहरु पनि अगाडि आएका छन् । त्यस्तै गरी महामहिम राजदूत अर्जुनबहादुर थापाले पनि भरपूर सहयोगको आशवासन दिनु भएको छ ।

नेपालबाट आउनु भएको केन्द्रीय उपाध्यक्ष गोविन्दप्रसाद आचार्यले पत्रकारहरुलाई सत्यतथ्य समाचारहरु सम्प्रेषण गर्न र आचार सांहिताको घेरामा रहेर समाचार लेख्नलाई आग्रह समेत गर्नु भयो । उहांले नेपाली पत्रकारहरुमाथि भएको धमकी र आक्रमणहरुको पनि खण्डन गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ युएई शाखाको दोश्रो महाधिवेशनले शंकर ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत निर्वाचित गरेको छ । जसमा क्रमसः अध्यक्षमा शंकर ज्ञवाली, उपाध्यक्षमा शेषनारायण झा, कोषाध्यक्षमा निमेश गिरी, सचिवमा अजर्’न दाहाल र सह–सचिवमा गिरधारी रिजाल निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा नारायण अधिकारी, बसन्तमोहन अधिकारी र मनोजकुमार राना निर्वाचित हुनुभएको छ । त्यस्तै गरी सल्लाहकारहरुमा जाकिर हुसैन, खेमनाथ पौडेल र छत्र लामा निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा जेपी सापकोटा र मानबहादुर थापा निर्वाचित हुनुभएको छ ।
नेपाल पत्रकार महासंघको दोश्रो महाधिवेशन अध्यक्ष जाकिर हुसैनको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन निमेश गिरीले गरेको थियो ।
